१२ दिन भारत बसेर परराष्ट्रमन्त्री आरजु राणा आज स्वदेश फर्किँदै

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत भ्रमण पूरा गरेर स्वदेश फर्कदै हुनुहुन्छ। नेपाली दूतावासका अनुसार उहाँ भारतीय समय अनुसार दिउँसो १२ बजे नयाँ दिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्ने कार्यक्रम छ।

परराष्ट्रमन्त्री राणा फागुन २६ गते धार्मिक भ्रमणका लागि भारत गएकी थिइन्। त्यो भ्रमणको क्रममा उहाँले चैत्र ४ गते नयाँ दिल्लीमा आयोजना गरिएको ‘रायसीना संवाद’ कार्यक्रममा पनि भाग लिनुभयो।

भारत भ्रमणको क्रममा उहाँले चैत्र ५ गते भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेट गर्नुभयो। भेटको क्रममा उहाँले नेपाल-भारत सम्बन्धलाई उच्च प्राथमिकता दिने बताउनुभयो।